१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जर्मनीमा खेती हुने तरकारी, प्रतिकिलो १ लाख ३८ हजार रुपैयाँ पर्ने



अ+ अ-

हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ । तर, संसारमा यस्तो पनि तरकारी छ, जुन तरकारीको मूल्य प्रतिकिलो १ लाख ३८ हजार (१ हजार युरो) पर्दछ । यो तरकारी गरिब त के धनीहरुले पनि किन्नुअघि साच्नुपर्ने हुन्छ । यसको खेती पहिले उत्तरी जर्मनीमा शुरू भयो र त्यसपछि यो बिस्तारै विश्वभर फैलियो ।

यति महंगो तरकारीको नाम हो, ‘हप शूट्स’ । यसमा रहेको फूललाई ​​‘हप कोन्स’ भनिन्छ । महँगो भएको कारण यो तरकारी कुनै बजार वा स्टोरमा सहजै देख्न पाइँदैन ।

‘हप शूट्स’ औषधीय गुणहरूले सम्पन्न हुन्छ, त्यसैले यो जडिबुटीको रूपमा पनि प्रयोग हुन्छ । दाँतको दुखाइमा यो धेरै प्रभावकारी छ । यसबाहेक, क्षयरोग जस्ता गम्भीर रोगको उपचारमा पनि यसको प्रयोग गरिन्छ । यसमा एन्टिबायोटिक गुणहरू पाइने बताइएको छ । 

यसलाई काँचै पनि खान सकिन्छ । यद्यपि यसको स्वाद एकदम कडक हुन्छ । यसको फलहरूलाई सलादको रूपमा प्रयोग गरिन्छ भने अचार पनि बनाउन सकिन्छ, जुन धेरै स्वादिलो ​​र खानका लागि लाभदायक हुन्छ ।

वास्तवमा यसको फूल बियर बनाउन प्रयोग गरिन्छ भने बाँकी फलहरू खानाको रूपमा प्रयोग हुन्छन् । ८०० ईस्वीतिर यसलाई बियरमा मिसाएर मानिसहरूले पिउँथे र यो प्रवृत्ति अझै चलिरहेको छ ।