८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पोष्ट–कोभिड आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउँदै



अ+ अ-

काठमाडौं । कोभिड–१९ को समयमा क्षेत्रीय सुधारलाई प्रोत्साहित गर्न आसियानले आफ्नो डिजिटल इन्टिग्रेसनको गति बढाउनु पर्छ जसले २०२५ सम्ममा जीडीपीमा १ खर्ब अमेरिकी डलरको उत्थान गर्ने सम्भावना रहेको आसियान इकोनोमिक समुदायका उपमहासचिव डा. अलादीन डी. रिल्लाले बिहीबार एक अनलाइन प्यानलमा भने ।

कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदायले हुवावेको सहकार्यमा नीति निर्माणकर्ता, शिक्षाविद् र उद्योग विशेषज्ञहरु माझ डिजिटाइज आसियानको लागि डिजिटल कनेक्टिविटी, चुनौति र सम्भावितताको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ । “म डिजिटल कनेक्टिभिटी र रूपान्तरणलाई महत्वपूर्ण प्राथमिकता र क्रस–कटिंग मुद्दाहरूको रूपमा हेर्छु जसले अर्थव्यवस्थाको हरेक क्षेत्रलाई असर गर्दछ । त्यसकारण, यसलाई बहु–स्टेकहोल्डर दृष्टिकोण वा प्रतिक्रिया आवश्यक पर्दछ र यसका लागि निजी क्षेत्र लगायत हुवावे जस्ता स्टेकहोल्डरको सहभागिता पनि आवश्यक छ, ”अलादिन डी. रिल्लोले भने ।

उनले भने आसियानले यस क्षेत्रका धेरै प्राथमिकताहरूलाई सम्बोधन गर्न र डिजिटल रूपान्तरण चली रहने सुनिश्चितता का लागि देश, शिक्षाविद् तथा निजी क्षेत्र जस्तै ह्वावे कम्पनीका सबै स्टेकहोल्डर को योगदान आवश्यक छ । यसमा डिजिटल सीप सुधार गर्ने, डिजिटल डाटा शासन ब्यबस्था प्रवर्धन गर्ने र साइबर सुरक्षा लाई सुदृढ पार्ने काम समावेश छ । यो दुई सम्भावनाहरू मार्फत पूरा गर्न सकिन्छ, पहिलो हो डाटाको प्रयोगले नीतिहरू मार्गदर्शन गर्नु र सार्वजनिक सेवा पुर्‍याउनु र दोस्रो लचिलोपन प्राप्त गर्नको लागि डिजिटल सोलुसनहरू प्रदान गर्नु ।

कोभिड–१९ महामारीको क्रममा आईसीटीले कोरोनाभाइरस बिरूद्ध लडाईमा मुख्य भूमिका खेल्दै आएको छ र यसको प्रतिकूल प्रभावहरू कम गर्न मद्दत गर्दैछ । आसियान क्षेत्रमा उद्योगहरूले अधिक विश्वास गर्न थालेका छन् कि महामारी पश्चातको रिकभरीलाई गति दिनको लागि आईसीटी एक प्रमुख कारक हुनेछ । डिजिटल प्रविधिको प्रयोग व्यवसाय, सरकार र ६५० करोड जनसंख्याको समाजलाई अगी बढाउनको लागि डिजिटल रूपान्तरणले आसियान देशका सदस्यहरूबीचको सम्पर्कलाई मजबुत बनाउँदछ । एफपीसीआई का संस्थापक र अध्यक्ष डा. डिनो पट्टी जालालले भने कोभिड–१९ महामारीले विश्वलाई असर पार्दै गर्दा डिजिटल कनेक्टिभिटी अझ सान्दर्भिक हुँदै गएको छ । अनुसन्धानले देखाएको छ कि मजबूत कनेक्टिभिटी पूर्वाधार भएका देशहरूले यसको प्रकोपबाट हुने नकारात्मक आर्थिक असरलाई आधासम्म कम गर्न सक्दछ ।

डिजिटलीकरणको सन्दर्भमा हामीसँग थप डिजिटल साक्षरता, डिजिटल पहुँच र डिजिटल पूर्वाधार हुनु आवश्यक छ । यदि हामीले यी चीजहरू पायौं भने हामी वास्तवमा शिक्षाको मुक्ति प्राप्ती को लक्ष्य प्राप्त गर्न सक्छौं । सबैभन्दा महत्वपूर्ण कुरा त १० आसियान देशहरू बीचको नियमनको तालमेल हो । हामीले आसियानलाई डिजिटलाइज गर्ने जुनसुकै लक्ष्य भए पनि मुख्य चुनौती नियममा नै रहनेछ । एकपटक हामीले यसलाई सुल्झाउने बित्तिकै छलांग प्रगति गर्न सकिन्छ, एफपीसीआईका अध्यक्षले भने ।