
सूचना प्रविधिमा देखिएको गडबडीका कारण विश्वभर हवाई, बैंक र मिडिया उद्योगमा समस्या उत्पन्न भएको छ ।
बिबिसीका अनुसार, युरोप, अमेरिका र अस्ट्रेलियाको हवाई यातायात अबरूद्ध भएको छ । हवाईजहाजहरू ग्राउन्डेड भएपछि ठूलो संख्यामा हवाई यात्रु अलपत्र परेका छन् । अमेरिकाका युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले पनि विमानहरू ग्राउन्डेड गर्न थालेका छन् । बेलायतमा रेलसेवा पनि अबरूद्ध भएको छ ।
लन्डन स्टक एक्सचेन्जमा पनि समस्या उत्पन्न भएको छ । आइटीमा देखिएको यस समस्याका बारेमा माइक्रोसफ्टले प्रारम्भिक प्रतिकृया दिँदै यसलाई सुल्झाउन प्रयत्नशील रहेको जनाएको छ । यद्यपि यसको कारण भने पत्ता लागिसकेको छैन ।
फोटो- बिविसीबाट साभार