२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिव



अ+ अ-

काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिलादेवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ ।

सोमवार केपी शर्मा ओली नेतृत्वको सरकारको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको पनि सञ्चारमन्त्री गुरुङले बताउनु भयो ।

उहाँले भन्नुभयो, नेपाल सरकारको प्रवक्तामा माननीय संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नियुक्त गर्ने । प्रधानमन्त्री कार्यालयका सचिव, निमित्त मुख्य सचिव श्री लिलादेवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

मन्त्री परिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।