२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा



अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ । यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।

यस जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरूज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने परम्परा छ । पशुपति क्षेत्र विकास कोषले गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । यसैले पनि गङ्गामाई रथयात्राको विशेष महत्व छ ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइन्छ । आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोषबाट जात्रा पर्व हेर्नुहुने कर्मचारी वरुण खतिवडाले जानकारी दिनुभयो । जात्रा आजै समापन हुने जनाइएको छ । रासस