२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देशभर प्रशिक्षणमा खट्यो ‘ओली समूह’



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुधबार सात वटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्लाका संयोजक, सहसंयोजक, भ्रातृ संगठनका पदाधिकारीलगायत सहभागी रहेको बताइएको छ । काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा भएको बाग्मती प्रदेशस्तरीय भेलालाई नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्दै सरकारलाई असफल बनाउन खोजेपछि संसद् विघटन भएको बताए ।

पार्टी एकतापछि सरकारले मुलुकमा तीव्र विकास गरिरहेको बेला नियोजित ढंगले पार्टीभित्र बिस्तारै झिना मसिना विवादलाई प्रवेश गराउँदै सरकारलाई असफल बनाउन खोजिएको उनले बताए । नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले पदका लागि मरिहत्ते गर्ने दाहाल र नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर राम्रो गर्नुभएको छ । हिम्मत छ भने दाहाल र माधव नेपालले मध्यावधि निर्वाचनमा भाग लिन सक्नुपर्छ । अन्यथा नयाँ जनादेशमा जान नसक्ने र चुनावमा हार्ने डरले सडक आन्दोलन गरेर प्रधानमन्त्री र अध्यक्ष खोज्ने कुन तरिका हो ?’ रायमाझीले प्रश्न गरे ।

अध्यक्ष दाहाल ३० वर्षसम्म पार्टी अध्यक्षमै बस्नुपर्ने र अहिले प्रधानमन्त्री पनि चाहिने, यो कस्तो इच्छा हो भन्दै रायमाझीले थप प्रश्न गरेका छन् । यस्तै अवस्था र इच्छाका कारण अहिले संसद् विघटन भएको उनले बताए । कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेताहरू गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, आनन्द पोखरेललगायतको सहभागिता रहेको छ । अन्य प्रदेशमा पनि शीर्ष नेताहरू सहभागी भएर ओली समूहको भेला भएको छ । बिहीबार ओली र दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकसमेत बस्दै छ । राजधानी दैनिक