१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ताइवानमा चंगाले ३ वर्षकी बालिकालाई सय फिट माथि उडाएपछी



अ+ अ-

ताइवानमा एक चंगा महात्सवमा तीन वर्षका एक बालिका चंगाको तल्लो भागमा बेरिएर चंगासँगै उडेर धेरै उचाइसम्म पुगेको तर ठुलो दुर्घटना हुनबाट भने बचेको बताइएको छ । चंगामा तल्लो झुन्डिएको पुच्छरको भागमा बेरिएकी ती बालिका सयफिट माथि पुगेकी थिइन् । यस क्रममा त्यहाँ जम्मा भएकाहरुले ती बालिकालाई बचाए । उक्त घटनाको भिडियो सामाजिक सन्जालमा ब्यापक भाइरल भएको छ ।

ताइवानको सिन्चु सहरमा चंगा उत्सवको आयोजना भइरहेको छ । ताइवानको कुनाकाप्चाबाट चंगा पारखीहरु आफनो क्षमता देखाउन यहाँ जम्मा भएको समाचारमा जनाइएको छ । आइतबार यसै भिडको बीचमा एक चंगा पारखीले गुलाफी रंगको ठुलो आकारको चंगा उडाइरहेको थियो । त्यही बेला चंगाको तलको भागमा ३ वर्षिया ती बच्ची अल्झिन पुगेको थियो ।

६० किलोमिटर प्रतिघन्टाको बेगमा चलेका हावाका कारण ती सानी नानीलाई सय फिट माथिसम्म उछालेको थियो ।यो घटना देखेर त्यहाँ उपस्थित सबै चकित परेका थिए । यस क्रममा ती सानी नानी हावामा ३० सेकेन्ड तलमाथि उछालिएकी थिइन् । उत्सवमा सहभागी हुन पुगेकाहरुले तत्काल सतर्कता देखाउँदै ती बालिकालाई बचाएका थिए । ती बच्चाको नाम लिन भएको बताइएको छ ।

यस घटनामा बालिकालाई सामान्य चोट मात्र लागेको बताइएको छ । सिन्चु सहरका एक अधिकारीले अकस्मात आएको तिब्र बेगको हावाका कारण चंगामा अल्झिन पुगेकी ती बालिका उड्न पुगेको बताए । यस घटना पछि स्थानिय प्रशासनले चंगा उत्सवका आयोजकलाई सकेसम्म चाँडो उत्सव सकाउन आदेश दिएको बताइएको छ ।