२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भइरहेको छ । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भए पनि गौतम कुनै पनि समूहमा खुल्नुभएको छैन । संसद् विघटनको विरोध जनाउनुभएका उपाध्यक्ष गौतम दुवै समूहको बैठक र भेलामा सहभागी हुनुभएको छैन ।

दुवै समूहमा नखुल्नुभएका गौतमले शनिबार प्रचण्ड निवासमा भेटवार्ता गर्नुभएको छ । दुई नेताबीच करिब एक घण्टा वार्ता भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरे पनि गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद् विघटन प्रकरणपछि नेकपा विभाजित भए पनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतै पनि खुल्नुभएको छैन । दुवै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आए पनि गौतमले निर्णय लिइसक्नुभएको छैन । गौतम दुवै पक्षको केन्द्रीय समितिका नेताहरुको दुवै समूहको भेलामा सहभागी हुनुभएको छैन ।

भेटवार्तामा उपाध्यक्ष गौतमले आफू संसद् विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने जवाफ दिनुभएको थियो । भेटमा गौतमले जसरी भए पनि पार्टी एकतालाई कायम राख्नुपर्नेमा जोड दिँदै एकता गरेरै जानुपर्ने आफ्नो अडान राख्नुभएको थियो । सचिवालयका सबै नेताको कित्ता प्रस्ट भइसके पनि वामदेव गौतम भने कतै देखिनुभएको छैन । तर संसद् विघटनको भने विरोध गर्दै आउनुभएको छ । नेपाल समाचारपत्र दैनिक