२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसद् विघटनविरुद्ध आज कांग्रेसको देशव्यापी प्रदर्शन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तासहित सबैमा अपिल गरेका छन ।देउवाले शनिबार अपिल जारी गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तासहित शुभचिन्तक तथा लोकतन्त्र पक्षधर सबैलाई आग्रह गरेका हुन् । अपिलमा देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरितको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमतसाथ उभिएको दाबीसमेत गरेका छन् ।

कांग्रेसले गत बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभातर्फका निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा सहभागी हुन भन्दै जारी अपिलमा देउवाले ‘पार्टी सदस्य, शुभचिन्तक तथा लोकतन्त्र पक्षधरलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न’ आग्रह गरेका छन् ।

कांग्रेसले सरकारले संसद् विघटनको निर्णय लिएलगत्तै पदाधिकारी बैठक डाकेर प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम भनेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संसद् विघटनको पक्षमा उभिएको भन्ने आशंका उनले व्यहोर्दै आइरहेका छन् । राजधानी दैनिक