२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देशभरका भन्सार कार्यालय कडा निगरानीमा, ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा



अ+ अ-

काठमाडौं । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् । पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन सो प्रणालीमा ल्याइएको विभागले जनाएको छ । सेन्ट्रल मनिटरिङ सिस्टम सञ्चालनमा आएसँगै अब केन्द्रले सीसीटीभी क्यामेराको सहायताबाट भन्सार नाकाका गतिविधि सहजै हेर्न र आवश्यकताअनुसार निर्देशन दिन सक्ने विभागको दावी छ ।

यस नयाँ प्रणालीलाई कार्यान्वयनमा ल्याउन भन्सार कार्यालयको स्वचालित तथ्यांक प्रणाली ९आशिकुडा० कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ । आशिकुडा वल्र्ड सिस्टममा सञ्चालित अनुगमन प्रणाली मुलुकका २४ वटा भन्सार कार्यालयमा लागु भइसकेको छ । अनुगमनमा खटिने कर्मचारीले जाँचपासको क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा तत्कालै कार्यालयका कर्मचारीलाई फोन गरी सोधपुछ गर्न सक्ने विभागले जनाएको छ । विभागका महानिर्देशक सुमन दाहालले भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि सेन्ट्रल मनिटरिङ सिस्टम एकदमै उपयोगी एवं फलदायी हुने अपेक्षा गरिएको बताए ।

विश्व बजारमा देखिएका विभिन्न नवीनतम प्रविधिको प्रयोगबाट भन्सार कार्यालयलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधैं विभागको प्राथमिकतामा रहेको भन्दै उनले अहिले यस्तो प्रणाली सञ्चालनमा ल्याएको बताए । उनले विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने बताए । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका अन्य विमानस्थल एवं स्थलगत भन्सार नाकालाई थप व्यवस्थित र पारदर्शी बनाउने अभियानमा केन्द्रित विभागले यसअघि गत साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आशिकुडा प्रणाली (नेपाल कस्टम्स अटोमेडेड सिस्टम) अन्तर्गत विकास गरिएको मेनिफेस्ट मोड्युल सञ्चालनमा ल्याएको थियो ।

मेनिफेस्ट भन्नाले वायुसेवा कम्पनीका सञ्चालकले आफ्नो विमान गन्तव्यका लागि प्रस्थान गर्नुअघि कार्गो ह्यान्डलिङ गर्ने कम्पनीलाई दिनुपर्ने मालवस्तुको विवरणलाई जनाउँछ । यस्तो मेनिफेस्टमा मालवस्तु बोक्ने विमान, छुटेको स्थान, मालवस्तु धनी, कार्गोको संख्या, मालवस्तुको तौल र प्याकेजिङको प्रकारलाई समेत समावेश गरिने भएकाले यो प्रणाली निकै पारदर्शी भएको विभागले जनाएको छ । यस्तो मेनिफेस्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो ह्यान्डलिङ गर्ने कम्पनीले विमानस्थलमा कार्गो व्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई उपलब्ध गराउने र त्यो कम्पनीले आफ्नो प्रणालीमा प्रवीष्ट गरेपछि स्वतः भन्सारको एनईसीएएस प्रणालीको मेनिफेस्ट मोड्युलले प्रशोधन गर्ने गरी भन्सारको स्वचालित प्रणालीलाई प्राप्त हुने प्रविधि विकास गरेर कार्यान्वयनमा ल्याएको विभागले जनाएको छ ।

यसले अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गरी राजस्व जोखिक न्यूनीकरण गर्ने कार्यलाई पनि थप सहज बनाएको विभागको दाबी छ । यो प्रणाली सञ्चालनमा आएसँगै हाल भन्सारलाई प्राप्त अग्रिम सूचनाका आधारमा मालवस्तुमा रहेको जोखिम अध्ययन गर्न पर्याप्त समय भएको विभागले बताएको छ । यस्तो नयाँ प्रणालीको उपयोगबाट कुन दिन कस्ता जोखिमपूर्ण मालवस्तु पैठारी हुँदै छ भन्ने अनुमान गरी सो दिन भन्सारले थप निगरानीका उपाय अपनाउने, धेरै मालवस्तु आउने दिन त्यसैअनुसार पर्याप्त कर्मचारी खटाउन पूर्वतयारी गर्न सक्नेलगायतका कामलाई थप बलियो र पारदर्शी बनाउन यो प्रणाली निकै उपयोगी र फलदायी भएको विभागको दाबी छ । जसले विमानस्थलको भन्सारमा न्यून घोषणा हुने सम्भावना पनि अन्त्य भएको विभागको दाबी छ । राजधानी दैनिक