४ चैत्र २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख सापकोटा



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताउनु भएको छ  । 

बिहीबार विभिन्न पार्टी सम्बद्ध महिलासंघका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको सम्बन्धमा आफूले यस अघि नै विज्ञप्ती निकालीसकेको र संविधानको रक्षाका लागि आफ्नो भूमिका बारे परामर्श लिइरहेको बताउनुभएको हो । सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको विषयलाई समावेस गरेर अदालतमा उत्तर दिन लागेको समेत बताउनुभयो । सभामुख सापकोटाले संविधानको रक्षा, देश र जनताको हितमा सँधै समर्पित भएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

महिला संगठनहरुले बुझाएको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र नेपाली जनतालाई अनिश्चितकालिन अन्धकारको सुरुङ भित्र धकेलिदिएको उल्लेख छ । उनीहरुले प्रतिनिधि सभा विघटनको घोषणा खारेज हुनुपर्ने माग समेत गरेका छन् । प्रतिनिधि सभालाई पुनरस्थापना गर्न नसके अब बन्ने कुनैपनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पुरा गर्न बारम्बार प्रतिनिधि सभा विघटन गर्ने नजीर रहने भन्दै महिला संगठनहरुले चिन्ता व्यक्त गरेका छन् ।

ज्ञापनपत्र बुझाउनेहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ, विवेकशिल साझा पार्टी निकट विवेकशिल साझा महिला रहेका छन् ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र: