२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले भन्नुभयो, “पाँच सयभन्दा बढी उपप्राध्यापक पदका लागि प्रक्रिया अगाडि बढाइएको छ । एक महिनाभित्रै यसको सबै टुङ्गो लगाइनेछ । ” उहाँले उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने जानकारी दिनुभयो ।

विश्वविद्यालयले परीक्षा प्रणालीमा पनि आवश्यक सुधार हुँदै गएको चर्चा गर्दै उपकुलपति बाँस्कोटाले भन्नुभयो, “यो अवस्थामा विश्वविद्यालयमा सेवा प्रवेश गर्ने प्राध्यापकको गुणस्तर, सेवा प्रवेश गर्ने माध्यम तथा प्रक्रियाबारे चनाखो हुनुपर्ने अवस्था छ । ”

उहाँले कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने योजना सुनाउँदै यसका लागि दरबन्दी सङ्कलनको अन्तिम चरणको काम भइरहेको बताउनुभयो । यसका साथै विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दीसमेत सङ्कलन गर्ने काम भइरहेको छ ।
अब विश्वविद्यालयको रिक्त दरबन्दीका आधारमा हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने भएको जनाइएको छ । गोरखापत्र दैनिक