२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विश्वकै सबैभन्दा सानो बाँदरः २ इन्च लम्बाई, १० ग्राम तौल



अ+ अ-

इंग्ल्याण्डको चेस्टर चिडियाघरमा संसारकै सबैभन्दा सानो बाँदर जन्मिएको छ । चिडियाघर प्रशासनका अनुसार यो बाँदर सबैभन्दा सानो बाँदरको प्रजाति पिग्मी मोर्मासेट्स अन्तर्गत पर्छ । जुम्ल्याहा पिग्मी मोर्मासेट्सको लम्बाई २ इन्च र तौल १० ग्राम मात्र रहेको चिडियाघर प्रशासनले जनाएको छ ।

बाँदरको हेरचाह गर्ने हाबी वेबका अनुसार दुई वटा बाँदर नै कपालको डल्लो जस्तो मात्र छन् । उक्त बाँदरहरु भाले वा पोथी अहिलेसम्म छुट्टिएको छैन । यी बाँदर जन्म दिने बाँदरको नाम जो र बाल्ड्रिक हो । मादाको उमेर ३ वर्ष र बाल्ड्रिकको ४ वर्ष रहेको छ । हाबीका अनुसार माउ बाँदरले बच्चा जन्मिएको दुई दिनमा नै पिठ्युँमा राखेर घुमाउन सुरु गरेको छ ।

चेस्टर चिडियाघरको डिप्टी क्युरेटर डा. निक डेविसले यो प्रजातिको बाँदर सानो हुने बताएका छन् । यो बाँदर माउलाई आर्कषित गर्न ठूलो आवाज निकालेर चिच्याउँछन् । यो बाँदरको प्रजाति पश्चिमी ब्राजिल, पेरु, इक्वाडोर र कोलम्बियाका साथ साथै साउथ अमेरिकाको जंगलमा पाइन्छ ।