२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बासमती चामल कसको ?



अ+ अ-

काठमाडौं । पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ।

ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ। नेपालले बासमतीमा आफ्नो हक रहेको भन्दै डिसेम्बर ९ मा ईयूमा १३ बुँदे दाबीविरोध जनाइसकेको छ। सरकारले त्यसलाई प्रमाणित गर्न वैज्ञानिक आधार खोज्न थालेको छ।

पर्याप्त वैज्ञानिक आधार र प्रमाण उपलब्ध गराउन सक्ने मुलुकले बासमती नामको चामलको भौगोलिक संकेत चिह्न अधिकार ९ज्योग्राफिकल इन्डिकेसन (जीआई राइट) पाउनेछ। त्यही भएर तीनै देश सकेसम्म प्राचीनकालदेखिको वैज्ञानिक आधार र प्रमाण जुटाउन लागेका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले राष्ट्रिय जीन बैंकका वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ। नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बासमती नामको चामल नेपालकै हो भनेर समितिले प्राचीनतम वैज्ञानिक प्रमाण जुटाउन सुरु गरिसकेको जानकारी दिनुभयो।

‘बासमती नामको चामल भारतले दाबी गरेजस्तै उसको मात्रै होइन, हाम्रै मुलुकमा पनि प्राचीनकालदेखि उत्पादन हुँदै आएको छ’, कार्यकारी निर्देशक जोशीले भन्नुभयो, ‘हामीले दाबी विरोध गरिसकेपछि त्यसलाई पुष्ट्याइँ गर्न वैज्ञानिक आधार र प्रमाण पठाउनुपर्छ। त्यही कागजातका आधारमा ईयूले अध्ययन गरी आवश्यक निर्णय दिनेछ। यसका लागि हामीले पनि युद्धस्तरमा प्रमाण जुटाउन सुरु गरिसकेका छौं।’ अन्नपूर्ण पोस्ट् दैनिकबाट (राजेश बर्मा)