२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।  

चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट रु एक करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ५०१ सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिनुभयो ।

त्यस्तै उक्त अवधिमा भन्सार छली गरी ल्याएको रु एक करोड ३४ हजार ५६४ बराबरको अवैध लत्ताकपडा, सुर्तीजन्य पदार्थ र खाद्यान्न बरामद गरिएको र सो कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व कार्यालय बाँकेमा पठाइएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँका अनुसार उक्त अवधिमा यो प्रदेशमा २०३ सवारी दुर्घटना हुँदा ११८ जनाको ज्यान गएको छ भने ५१५ घाइते भएका थिए ।