मलाई शिखर चढ्नु छैन
चिल्लो गाडीमा सान्दार
सुन्दर पहिरनमा सजिनु छैन
म सगरमाथाको चुचुरो चुम्न नसकुँला
तर मलाई जीवनको एक लक्ष्य प्राप्त गर्नुछ
त्यो हो, मेरो मृत्यु समाचार बन्न सकोस्
मेरो जीवन लाखौं दुखी र
टुहुराको जीवन बन्न सकोस्
मात्र मेरो मृत्यु समाचार बन्न सकोस् !!