२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ट्रम्पले राजीनामा नदिए डेमोक्र्याट्सले महाभियोग ल्याउने



अ+ अ-

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत देखिएको छ । तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्र्याट्सले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने चेतावानी दिएका छन् ।

डेमोक्र्याट्सका एक वरिष्ठ नेताले अमेरिकी प्रतिनिधिसभामा महाअभियोग दर्ता हुन सक्ने र महाअभियोगमाथि मंगलबार नै मतदान समेत हुन सक्ने बताएका बीबीसीले जनाएको छ । ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरेका हुन् ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स आउँदो जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका बेला राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गरे

उनले नै नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गरे । तर यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिएका छैनन। आजको नेपाल समाचारपत्रमा खबर छ