२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ रिंकु सिंहका लागि खास रहेन । तर, यसका बाबजुद कोलकाता नाइट राइडर्सले उपाधि जित्न सफल भयो । यसै क्रममा रिंकु सिंहले आईपीएलमा आफ्नो लगातार खराब फर्मको मार झेल्नु परेको थियो ।

रिंकुले टी–२० विश्वकपको लागि भारतीय टोलीमा स्थान पाएनन् । तर, यी ब्याट्सम्यानलाई निश्चित रूपमा रिजर्भ खेलाडीको रुपमा राखिएको छ । आईपीएल जितेपछि र टी–२० विश्वकपमा जानुअघि रिंकु सिंहले धेरै विषयमा आफ्नो धारणा राखेका थिए ।

जब रिंकु सिंहलाई आईपीएलको पारिश्रमिकबारे सोधिएको थियो, उनले भने – ‘यो ५५ लाख रुपैयाँ मेरो लागि धेरै हो, म हुर्किँदा ५–१० रुपैयाँ कसरी कमाउन सक्छु भन्ने सोच्थें तर अहिले मेरो आईपीएलको तलब ५५ लाख छ जुन मेरो अनुसार धेरै हो । भगवानले जे दिनुहुन्छ त्यसैमा खुसी हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

कोलकाता नाइट राइडर्सले रिंकु सिंहलाई ५५ लाखमा राखेको छ । क्रिकेटका दिग्गज र फ्यानहरू रिंकु सिंहको मूल्य करोडौंमा हुनुपर्छ भन्ने विश्वास गर्छन् । ५५ लाख रिंकु सिंहलाई न्याय नभएको उनीहरु ठान्छन् ।

यसका साथै रिंकुले भारतीय टोलीका कप्तान रोहित शर्मालाई लिएर आफ्नो धारणा राखे । उनले रोहित शर्माले युवा खेलाडीलाई धेरै समर्थन गर्ने बताए ।