२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन ४ हजारभन्दा बढीको ज्यान गयो



अ+ अ-

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ हजारभन्दा बढी मृत्यु भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार मंगलबार कोरोनाका कारण अमेरिकामा ४ हजार १ सय ९७ जनाको मृत्यु भएको हो । मंगलबारको पूरा तथ्यांक आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने सीएनएनले जनाएको छ । अमेरिकामा पछिल्ला केही दिन यता औसतमा ३ हजार २ सय ३३ जनाको कोरोनाबाट मृत्यु भइरहेको छ । त्यस्तै पछिल्ला ७ दिनमा लगातार २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्रै अमेरिकामा २ लाख ४ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमबार अमेरिकामा कोरोनाबाट १ हजार ७ सय ३१ जनाको मृत्यु भएको थियो । अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघेको छ भने २ करोड २८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाविरुद्ध दुई वटा खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । मोडर्ना र फाइजर–बायोएनटेकको गरी अमेरिकामा २ करोड ५४ लाखभन्दा बढी डोज कोरोना खोप वितरण भइसकेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ९ करोड १५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ५ करोड ५ लाखभन्दा बढी निको भएका छन् । त्यस्तै कोरोनाका कारण अहिलेसम्म १९ लाख ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कान्तिपुर दैनिक