२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै



अ+ अ-

काठमाडौँ । २५५८ औं बुद्ध जयन्तीका अवसरमा क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव हुने छ ।

ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएशन अफ क्यानडासँगको सहकार्यमा मे २५ मा २५५८ औं बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको हो ।

वैशाख शुक्लपक्षको पूर्णिमाको दिनमा गौतम बुद्धको जन्म, महाबोधि ज्ञान लाभ र महापरिनिर्वाणको त्रिसंयोग दिवसलाई विश्वभर बुद्ध जयन्तीका रुपमा मनाउने गरिन्छ । कार्यक्रमबारे जानकारी दिँदै ह्योल्मो सोसाइटी अफ क्यानडाका अध्यक्ष विश्व स्याङ्वा ह्योल्मोले नेपालको संस्कृति जोगाउन र नयाँ पुस्तालाई आफ्नो संस्कृतिको बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम गर्न लागेको बताउनु भयो । उहाँले मे २५ मा बुद्ध जयन्ती क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्यताका साथ मनाउन लागेको बताउनु भयो ।

कार्यक्रममा यस वर्ष विशेष बौद्ध बज्रयान–महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो साँस्कृतिक नृत्य प्रस्तुति, द्विप “क्षेमी” प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरी भगवान गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सम्प्रेषण गरी २५६८ औं बुद्ध जयन्ती महोत्सव हुने बताउनु भयो । उहाँले नयाँ पुस्तालाई बुद्ध धर्मको बारेमा जानकारी गराउने, आफ्नो धर्म, संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागेको बताउनु भयो । उहाँले यसले नेपालमा पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ह्योल्मो सोसाइटी अफ क्यानडाले प्रत्येक वर्ष बुद्ध जयन्तीमा छोग्फुल कार्यक्रम आयोजना गर्दै आएको उहाँले बताउनु भयो ।