१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सावधान यी कुराहरु गोप्य राख्नुहोस्, नत्र तपाईलाई नै हुन्छ हानी



अ+ अ-

काठमाडौं । मानिस आफूलाई खुला हृदयको देखाउन सबै कुरा साथीहरुमाझ सार्वजनिक गर्दछन् । तर कतिपय अवस्थामा केही कुराहरु जति नै हितैषि भए पनि नबताउनु उपयुक्त हुन्छ । मानिसको जीवनमा केही गोप्य कुरा हुन्छन्, जो आफ्ना निकटका साथीभाइ वा आफन्तलाई समेत बताउनु हुँदैन । कतिपय कुरा श्रीमान-श्रीमती वा आमा–बुवासँग समेत भन्न नहुने पनि हुन्छन् । तसर्थ सावधान रहनुहोस् गोप्य राख्नु पर्ने कुराबारे । यी ४ कुराहरु कसैसाई नबताउनु होस् :

१) श्रीमान् श्रीमतीबीचको विवाद, मायाका कुरा, मतभेद वा यौनका कुरा साथिभाईलाई बताउनु हुँदैन । यदि यी कुरा मन मिलेको भन्दै साथीभाइलाई सुनाउनु भयो भने भोलीका दिनमा ती साथीसँग मनमुटाव भए उसले बदला लिन यसलाई सार्वजनिक गर्न सक्छन् । तसर्थ श्रीमान श्रीमतीबीचका कुरा सकेसम्म कसैलाई भन्नु हुदैँन ।

२) आजको व्यावसायिक युगमा धेरैले व्यवसाय चलाउन व्यक्ति वा बैंकसँग ऋण लिन्छौ । तर आफूले लिएको ऋण वा आफूलाई परेको आर्थिक समस्याका बारेमा कसैलाई पनि भन्नु हुदैँन । तपाईं आफुले लिएको ऋणबारे वा आफ्ना ऋणीबारे अरुसँग कुरा गर्नु भएमा तपाई ऋण डुब्नु भएको ठानी उनीहरुबाट हुनसक्ने सहयोग बन्द हुन्छ । साथै तपाईको प्रभावसमेत ती व्यक्तीहरु माझ घट्दै जान्छ ।

३) आजकल धेरै मानिसमा आफुले गरेको सहयोगलाई प्रचार गर्ने बानी छ । सहयोग गरेर यसलाई सार्वजनिक वा प्रचार गर्नु राम्रो हुदैँन । तपाईले गरेको काम, सहयोग, मानव धर्म वा पुण्य अरुले चर्चा गरुन् तर आफैले आफूले गरेका सहयोग, दान वा उद्धारका कुरा प्रचार गर्नु राम्रो हुदैँन । तसर्थ यस्ता कुरा गोप्य राख्नु नै उत्तम हुन्छ ।

४) कुनै संर्घषपछिको प्राप्ती वा सामान्यभन्दा ठुलो पदमा पुगेपछि मानिसमा अहंकार आउन सक्छ । उ आफूलाई सबैले मानुन् भन्दै आफू को हुँ भनेर हिड्न थाल्दछ । तर मानिसको पछाडी तपाईको मापन गर्ने सयौँ हुन्छन् । तसर्थ आफ्नो पद वा क्षमताको बारेमा सबैलाई भन्नु भन्दा समय आउँदा प्रर्दशन गर्नेगरी गोप्य राख्नु पर्दछ । तर यसको मतलब तपाईको कला, सिर्जना वा रचना लुकाउनु होस् भन्ने चाहिँ होइन । एजेन्सीको सहयोगमा