७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन्



अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनी (एमएस धोनी)को नाम सुन्दा सबैको दिमागमा पहिलो तस्बिर आउँछ एक सफल कप्तान र शान्त स्वभाव भएका खेलाडीको ।

माहीलाई मैदानभित्र र बाहिर उनको मनोवृत्तिको लागि धेरै माया गरिन्छ र त्यसैले फ्यानहरू सधैं धोनीको झलक पाउन पागल हुन्छन् ।

धोनीले आईपीएलमा सीएसके टोलीको कप्तानी गर्दा मैदानमा धेरै दबाबको अवस्थामा पनि चिसो दिमागले निर्णय लिने गर्थे । आईपीएलको १७ औँ सिजनमा धोनीले अचानक कप्तानी छाड्ने निर्णय गरे र उनको स्थानमा रुतुराज गायकवाडलाई कप्तान बनाइयो तर पनि धोनीका फ्यानको कमी भएन ।

माही आफ्नो शान्त स्वभावका कारण क्याप्टेन कूल भनेर चिनिन्छन् तर आईपीएलको इतिहासमा क्याप्टेन कूलले मैदानमा आफ्नो मिजास गुमाए र उनको नाम विवादमा परेको छ ।

पछिल्लो मामला चेन्नई र आरसीबीबीच खेलिएको यसै आईपीएलको को ६८ औं खेलको थियो, जसमा आरसीबीले चेन्नई लाई २७ रनले हराएको थियो र यो खेलमा हारपछि धोनीको व्यवहार एकदमै फरक थियो ।

सीएसकेको हारबाट धोनी दुखी भएका थिए र उनी आरसीबीका खेलाडीहरूसँग हात नमिलाएर खेलपछि ड्रेसिङ रुममा फर्किए । यस्तो अवस्थामा धोनीले आरसीबीका खेलाडीसँग ह्याण्डशेक नगर्नु विवादको विषय बनेको छ । यसैबीच जानौं माहीको आईपीएल करियरसँग जोडिएका ठूला विवादहरू ।

१. म्याच फिक्सिङको आरोप – २०१३
यो सन् २०१३ को कुरा हो जब एमएस धोनीलाई म्याच फिक्सिङको गम्भीर आरोप लागेको थियो । त्यतिबेला यो भारतको सबैभन्दा ठूलो काण्ड थियो र धोनी त्यतिबेला भारतीय टोलीका कप्तान थिए । तिरुचिरापल्ली एसपी जी सम्पत कुमारको रिपोर्ट अनुसार सीएसके अफिसियल गुरुनाथ मयप्पन मात्र नभई टीमका केही वरिष्ठ खेलाडी पनि यस काण्डमा संलग्न थिए ।

धोनीको बारेमा भनिएको छ कि फिक्सरहरूको योजना अनुसार धोनी एक खेलमा १४० रन बनाउन राजी भएका थिए । यस विषयमा गुरुनाथ बाहेक धोनीलाई पनि प्रश्न गरिएको थियो ।

२. नो बल विवाद – २०१९
यो २०१९ को कुरा हो जब राजस्थान रोयल्सविरुद्धको खेलमा अम्पायरको निर्णयबाट एमएस धोनी रिसाए । यो खेल जयपुरको सवाई मानसिंह स्टेडियममा खेलिएको थियो, जसमा धोनी नो बलको विवादमा निकै आक्रोशित देखिएका थिए ।

यो खेलमा चेन्नईलाई ३ बलमा ८ रन चाहिएको थियो र त्यतिबेला अम्पायर उल्हास गन्धेले नो बल घोषित गरेका थिए तर मैदानमा रहेका अम्पायरले आफ्नो निर्णय परिवर्तन गरेका थिए । यो देखेर धोनी निकै रिसाए र उनलाई रिसाएर अम्पायरसँग बहस गरेको देखेर सबै छक्क परे ।

३. रवीन्द्र जडेजासँग नोकझोंक – २०२२
रविन्द्र जडेजालाई सन् २०२२ मा चेन्नईको कप्तान बनाइएको थियो तर टोलीको लगातार खराब प्रदर्शनका कारण सिजनको बीचमा उनको कप्तानी खोसियो र एमएस धोनीलाई फेरि कप्तान बनाइयो । यसपछि रविन्द्र जडेजा रिसाए ।

जडेजाले ट्विट गरेका थिए, तिम्रो कर्म फिर्ता आउँछ । आज होइन भोलि, तर फर्किने पक्का छ ।’ जडेजाको यो ट्विटपछि धोनी र जडेजाबीच केही राम्रो चलिरहेको छैन भन्ने विश्वास गरिएको थियो ।