२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न



अ+ अ-

काठमाडौं । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको इतिहास उत्पत्ती आदिका विषयमा थप खोज तथा अनुसन्धान अगाडि बढाउने निर्णय गरेको छ ।

भेलामा नेपालमा धनञ्जय गोत्रका ४५ धरहरु रहेको र भारतका विभिन्न स्थानमा ५४ थर रहेको जानकारी दिदै हाल सो समाजमा १९ थरका प्रतिनिधि सहभागी रहेको र अन्य थरका व्यक्तिलाई पनि क्रमशः अवद्ध गर्दै लगिने जानकारी गराइयो ।

सहभागीहरुले विभिन्न पेशा वा बासस्थान आदिका कारण एउटै गोत्रभित्र धेरै थरहरु भए पनि आफ्ना आदिम पुर्खाहरु एउटै परिवारबाट आएका भएकाले त्यसको बारेमा खोज र अनुसन्धान गरी नयाँ पुस्ताहरुलाई ज्ञानहस्तान्तरण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

समाजका सयोजक नेपाल सरकारका पूर्व सचिव युवराज भुषालको सभापत्विमा सम्पन्न भेलाले समाजलाई आगमी दिनमा कसरी थप व्यबस्थित र चुस्त बनाउने भन्ने विषयमा कार्ययोजना पारित गर्दै वर्षमा कम्तिमा एक पटक बन्धुहरुको भेला आयोजना गर्ने निर्णय गरेको छ ।

देशका विभिन्न जिल्लाबाट आउनु भएका प्रतिनिधिहरुले धनञ्जय गोत्र भित्रका विभिन्न थरसँग सम्बिन्धित समाजका प्रतिनिधिहरुले कतिपयको बंशावली तयार भई सकेको र केहीको तयारीको क्रममा रहेको जानकारी गराएका थिए ।  सो अवसरमा महर्षि धनञ्जय गोत्रीय बंशको चिनारी नामक पुस्तकको विमोचन गरिएको थियो ।