१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खुट्टाको औँलाको आकारबाट स्वभाव कसरी थाहा हुन्छ ? जान्नुहोस्



अ+ अ-

मानिसको व्यक्तित्वलाई खुट्टाको औंलाले स्वभाव झल्काउँछ। खुट्टाको औंलाको आकारलाई हेरी तपाईको व्यवहारबारे बुझ्न सकिन्छ । तपाईको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने कुराको विश्वास गरिन्छ ।

१) ठूलो औंला : खुट्टाको ठूलो औंला वा पहिलो औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट र क्रियटिभ स्वभावका हुन्छन् । समस्याको छिट्टै समाधान गर्न सक्छन् । त्यसैगरी तपाईको ठूलो औंला अरु औंलाभन्दा सानो छ भने, एकै समयमा धेरै काम गर्न सक्ने क्षमताको संकेत गर्छ ।

२) दोस्रो औंला : खुट्टाको दोस्रो औंला लामो हुने मानिसहरु लीडर बन्न सक्ने गुण भएका हुन्छन्। यीनीहरुमा गतिशिल र सृजनात्मक गुण हुन्छ ।

३) तेस्रो औंला खुट्टाको तेस्रो औंला लामो भएका व्यक्तिहरु आफ्नो काममा उर्जावान र सिपालु हुन्छन् । यीनीहरु जीवनमा पूर्णता चाहन्छन् । र यीनीहरुले जीवनमा धेरै चीज प्राप्त गर्छन् । आफ्नो कामको लागि परिवार , प्रेम र मनोरञ्जनलाई पनि बिर्सन सक्ने यीनीहरुको नराम्रो स्वभाव हुन्छ । त्यसैगरी तेस्रो औंला सानो भएका व्यक्तिहरुले भने जीवन धेरै रमाईलो पूर्वक बिताउँछन् । यीनीहरु जीवनमा काम गर्न भन्दा आराम लिनमा रुची राख्छन् ।

४) चौथो औंला : चौथो औंला लामो भएका व्यक्तिले आफ्नो परिवारलाई निकै नै महत्वपूर्ण मान्छन् । यदि तपाईंको चौथो औंला घुमाउरो किसीमको छ भने , प्रेमसम्बन्ध निकै नै नराम्रो हुन्छ । चौथो औंला सानो भएका व्यक्तिहरुका लागि परिवार र सम्बन्ध त्यति महत्वपूर्ण हुदैन ।

५) सानो औंला : अन्तिम औंला सानो भएका व्यक्तिहरुको स्वभाव बच्चाको जस्तो हुन्छ । यीनीहरु जिम्मेवारी बहन गर्न मनपराउँदैनन् । र चाडैं निराश हुने गर्छन् । यस्ता व्यक्तिहरु रमाईलो गर्न मनपराउँछन् ।निसको व्यक्तित्वलाई खुट्टाको औंलाले झल्काउँछ। खुट्टाको औंलाको आकारलाई हेरी तपाईंको व्यवहारबारे बुझ्न सकिन्छ । तपाईंको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने कुराको विश्वास गरिन्छ ।