११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खेलका क्रममा विराट कोहलीले शुभमन गिललाई कुमले हिर्काएपछि…



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा गुजरात टाइटन्सविरुद्ध विराट कोहलीले उत्कृष्ट इनिङ्स खेलेका थिए । रोयल च्यालेन्जर्स बैंगलोरको लक्ष्य पछ्याउने क्रममा कोहलीले ४४ बलमा ६ चौका र ३ छक्का सहित अविजित ७० रन बनाए ।

खेलमा शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्स ९ विकेटले पराजित भएको थियो । अहिले उक्त म्याचको भिडियो भाइरल भइरहेको छ, जसमा कोहली र गिल झगडा गरिरहेका छन् ।

कोहली र गिलबीचको झगडाको भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा छ । भिडियोमा देख्न सकिन्छ कि ब्याटिङ गर्ने क्रममा विराट कोहली फिल्डिङ गरिरहेका शुभमन गिलको नजिक आउँछन् र उनको काँधमा ठोक्छन् ।

यो गिलसँग कोहलीको हास्यास्पद शैली थियो । कोहली र गिलबीच निकै राम्रो सम्बन्ध छ । अक्सर कोहली गिलसँग रमाइलो गरेको देखिन्छ । यसलाई कोहली र गिलको ब्रोमान्स भन्न सकिन्छ ।

विराट कोहलीले आईपीएल २०२४ मा ५०० रन पुरा गरेका छन् । यो अंक छुन्ने उनी पहिलो ब्याट्सम्यान बने । बैंगलोरका पूर्व कप्तानले अहिलेसम्म १० इनिङ्समा ७१.४३ को औसत र १४७.४९ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ५०० रन बनाएका छन् ।