२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो



अ+ अ-

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका-६ जरहवागाछीमा भएको आगलागीपछि ५ सयभन्दा बढी मानिस घरबारविहीन भएका छन् । बुधबार लागेको आगोले त्यहाँका १ सय १० घर जलेर नष्ट भएका थिए ।

आगोले सत्ताकपडासँगै धनमाल जलेर नष्ट भएपछि बस्तीमा विपन्न परिवारको विचल्ली भएको हो । आगलागीपीडितले वस्ने शितल ठाउँ पनि पाएका छैनन् ।

खानेकुरा र बस्ने ठाउँ नहुँदा धेरै पीडित चर्को घाममा खुला आकाशमुखी बस्न बाध्य छन् । सुख्खा चिउरा र चिनी खाएर बस्नुपरेको गुनासो पीडितको छ । बिहीबारको चर्को गर्मीसँगै चलेको तातो हावाले बस्तीमा भुमरी बनाएर उडाएको माटो र खरानीले भरिएको छ । सबैभन्दा बढी प्रभावित बालबालिका भएका छन् । अवजात शीशु र सुत्केरीलाई त झनै समस्या छ ।

अग्निपीडितलाई नगरपालिकाले सामान्य राहत सहयोग गरेको छ । दुई बोतल पानी, एउटा त्रिपाल, २ किलो चिउरा र २ किलो गहुँको पिठो मटिहानी नगरपालिकाले बुधबार साँझ नै सबै अग्नीपीडितलाई उपलब्ध गराएको छ । तर अहिले पकाउने सामल दिएर अग्नीपीडितसंग न पकाउने भाँडा छ न त पैसा नै ।

मियाँटोलबाट सल्किएको आगो गाउँमा फैलिएपछि धेरै विपन्न परिवारको घर जलेका छन् । काममा गएको बेला गाउँमा सल्किएको आगोले घर सखाप बनाएपछि जिउमा लाएको भन्दा अन्य केही निकाल्न नपाएको पीडितहरुले बताएका छन् ।

बस्तीका सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धालाई खुला आकाशमुनि रात कटाउन समस्या भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बिहीबारको बैठकले अग्नीपीडितलाई २० हजार प्रतिपरिवार दिने निर्णय गरेको छ ।

बैठकबाटै अग्नीपीडितलाई आएको राहत एकद्धार प्रणालीबाट वितरण गर्न पहिले जिल्ला प्रशासन कार्यालयमा अभिलेखिकरण गर्ने निर्णय पनि भएको छ ।

आगलागीबाट १ सय १० परिवारको ४ सय ६२ व्यक्ति प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको भएपनि यकिन विवरण पालिका, प्रहरी र रेडक्रसले बुझाएपछि जिल्ला प्रशासनले तत्कालै राहत उपलब्ध गराउने भएको छ ।