२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मधेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिँदै



मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिन लागेका छन् ।

नेपाली कांग्रेसले सरकारबाट  समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

आज दिउँसो १ बजे बोलाईएको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल र मतदानका लागि समय तय गरिएको छ ।

जसपाबाट मुख्यमन्त्री बनेका यादव नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपा सहभागी छन् ।

कुल १०७ सांसद रहेका प्रदेश सभामा हाल एमालेका २५ , जसपाका १९, लोसपाका ९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन् । प्रतिपक्षमा रहेका कांग्रेसका २२, जनमत पार्टीका १३ तथा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका १र१ सांसद छन् ।

उनले यसअघि तीनपटक विश्वासको मत लिइसकेका छन् ।