५ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसद विघटन भएको हैन, ओलीको सरकार चाहिँ विघटन भएको हो : प्रचण्ड



अ+ अ-

काठमाडौं ।नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभइ केपी ओलीको सरकार चाहिँ विघटन भएको बताए। 

शनिबार धनगढीमा आयोजित बिशालसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर ओलीलाई कारबाही गर्ने बताएका हुन्।

दाहालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टतिर संकेत गर्दै उनी दलालको पनि दलाल भएको बताए।

आफूले नै अवसर दिएर पटक-पटक मन्त्री बनाएको मान्छे अहिले त सोच्नै नसकिने गरी कता हो कता गएको दाहालले बताए।

‘मैले त सुदूरपश्चिमका साथीहरूलाई ठूलो नेता यही हो भनें तर अहिले दलालको पनि दलाल भए,’ उनले भने।