२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकताको विवाद चरणवद्ध प्रक्रियामा प्रवेश गर्ने अवस्था देखिएको छ । राजनीतिकरुपमा विभाजन भए पनि प्रचण्ड र ओली दुवै पक्षले निर्वाचन आयोगमा यसअघि आधिकारिकताको दाबी गर्न नपर्ने जिकिर गर्दै आएका थिए । 

सो जिकिरलाई मध्यनजर गर्दै आयोगले पार्टी कानुनीरुपमा एक  रहेको निर्णय गरेको एक सातापछि सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रचण्ड र माधव नेपाल पक्षले आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । 

सो निर्णयअनुरुप आधिकारिकता दाबी गर्दै निवेदन दिएमा आधिकारिकता विवाद कानुनी प्रक्रियाअनुरुप टुंग्याउने दिशातर्फ अघि बढ्ने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए । यो समाचार नेपाल समाचारपत्रमा सुनिल महर्जनले लेखेका छन् ।