२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लकडाउनविरुद्ध लगातार प्रदर्शन



अ+ अ-

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनप्रति जनताको धैर्यता टुट्न थालेको छ । साताभरि नै थुप्रै मानिसले केपटाउनका समुद्री तटहरूमा तिनीहरूलाई खुल्ला गर्ने मागसहित प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शन आयोजकहरूले सरकार समुद्री तटहरू बन्द गरेर असंवैधानिक बन्दै गइरहेको आरोप लगाएका छन् । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तितर–वितर गरे पनि कसैलाई गिरफतार गर्ने गरेको छैन । यस समूहले थप भेला आयोजना गर्र्ने चेतावनी दिएको छ । वेस्टर्न केपमा विपक्षी पार्टीहरू तिनीहरूको चेतावनीको कारण चिन्तित बनेका छन् ।

इकोनोमिक फ्रिडम फाइटर्स पार्टीका अधिकारीहरूले प्रान्तमा यस्ता प्रदर्शनहरूमाथि छानबिन गर्दै गिरफतारी शुरू गर्न आग्रह गरेका छन् । यसैगरी, दुईवटा चर्च संगठनहरू चर्चहरू बन्द गराएबापत राष्ट्रपति सिरिल रामाफोसा र अन्य मन्त्रीहरूलाई क्षतिपूर्ति तिराउन अदालत पुगेका छन् । तिनीहरूले केही सिनेमादेखि व्यापार व्यवसाय खुल्ला रहेको तर चर्च मात्र बन्द गरिएको गुनासो गरेका छन् । नेपाल समाचारपत्र दैनिक