६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हाइकुहरुको संग्रह‘शाडेनफ्रोएडा’ लिएर उपस्थित भए कवि विप्लव प्रतीक



अ+ अ-

काठमाडौं: लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु संग्रह लिएर उपस्थित भएका छन् ।

विप्लवको नयाँ पुस्तकशाडेनफ्रोएडा’  शनिबार साहित्यिक जमघटका बीच विमोचन गरिएको छ । संगीतकार न्ह्यु बज्राचार्यअभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरुमाझ यसलाई पस्केको घोषणा गरेका थिए । समारोहको सुरुवातै विप्लवले उपस्थितहरुको स्वागतमा रचना गरेको हाइकु सुनाएर गरेका थिए ।

पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्महरु समेट्दै अघि बढेको छ भने यसले दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीकोशाडेनफ्रोएडा’  लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।

कविता संग्रहगीतउपन्यासनाटकनिबन्धपत्रकारितासिनेमावृत्तचित्रअनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरु छाड्दै आएका विप्लवले सुक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु संग्रह पहिलोपटक पाठकहरु माझ प्रस्तुत गरेका हुन् ।

सन् २००६ तिर म यो विधासँग नजिकिएको हुँ,’ समारोहमा विप्लवले भने, ‘कविता सुनाउन भक्तपुर गएका बखत ख्याल ख्यालमै लेखेको एउटा हाइकुले मलाइ यहाँ सम्मको यात्रा गराएको हो ।’

तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिब्यक्ति पस्कन सिकाउने लेखकले बताए ।
यस पुस्तकका अक्षरहरु कम्प्युटरका लिपि नभइ स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित भएकाले पाठकले त्यसको रसास्वादन पनि गर्न पाउनेछन् ।

हाइकुको किताबले बजारलाई खासै आकर्षित नगर्ला भनेर मैले निजी संग्रहमै सीमित राखेको थिएँ,’ विप्लवले थपे, ‘तरबजारलाई हेरेर नभइ कृतिको आधारमा प्रकाशन गर्ने तर्कका साथ पब्लिकेशन्स नेपालयका सम्पादक तथा प्रकाशकहरुले तत्परता देखाएकोमा म आभार प्रकट गर्दछु ।’

पुस्तक भित्र अनुरागसम्झनाखेददर्दअश्रुमनदहसपनाजीवनध्वनि गरी आठ खण्डमा हाइकुहरु समेटिएका छन्जसले भावहरुको आरोह अवरोहयुक्त यात्रा गराउँछ ।

हामी लेखनका अन्य विधाहरुसँगै काव्य विधालाई पनि फैलाउन प्रयत्नशील छौं,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘पहिलोपटक हाइकुहरुको संग्रह प्रकाशन गर्नपाउँदा खुशी लागेको छ ।’

काव्य कलालाई पुस्तक प्रकाशनका माध्यमबाट मात्रै नभइ अभियानकै रुपमा अघि सार्न यस पब्लिकेशनले केहि महिनादेखि कवि श्रवण मुकारुङको संयोजकत्वमा इ कविता अभियान’ पनि सञ्चालन गर्दै आएको छ । यसमा हरेक शनिबार कविकै स्वरमा एउटा कविता संसारभर फैलिएका काव्यप्रेमीहरुले इन्टरनेट मार्फत् सुन्न सक्छन् ।

विप्लवको प्रस्तुतशाडेनफ्रोएडा’  लाई पब्लिकेशन नेपालयले अडियो बुकका रुपमा पनि प्रस्तुत गर्दैछ । अर्थात्पढ्ने पाठकहरुले विप्लवका हस्ताक्षरमै पुस्तकको रसास्वादन गरेजस्तै सुन्ने पाठकहरुले पनि कविकै स्वरमा त्यसको आनन्द लिन सक्नेछन् ।

पुस्तकको चार सय ९५ रुपैयाँ मूल्य राखिएको यो किताबलाई नेपा~लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् । यो पुस्तक मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।