१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आकाशमा रहस्यमय खम्बा देखिएपछि



अ+ अ-

एजेन्सी । विगत कयौं दिन देखि अमेरिका र विश्वका फरक फरक हिस्सामा देखिएको धातुको खम्बाका रहस्य झन गहिरिएको छ । एक पछि अर्को सहर तथा मरुभुमीमा देखिएका ती खम्बा अहिले आकाशमा देखिएको बताइएको छ । अमेरिकाको आइडाहोका जेफ जेकब गाडीबाट घर गइरहँदा उनले उक्त खम्बा हावामा देखेको बताइएको छ । 

उनले सामाजिक सन्जालमा तस्विर सेयर गरेपछि मानिसहरुले सन् २०२० मा अब एलियन्सको उपस्थितिमा पनि अचम्भित नुहने प्रतिक्रिया दिइरहेका छन् । जेकबको क्यामरामा कैद तस्विरमा कालो रंगको एक ठोस ढाँचा हावामा देखिन्छ । यो के थियो भन्ने ठम्याउन नसकेपछि उनले सामाजिक सन्जालमा त्यसको तस्विर सेयर गरेका हुन् ।

केही युजर्सले कमेन्टमा सम्भवत युटाहबाट खम्बा कुनै नयाँ स्थानमा गइरहेको हुन सक्ने लेखेका छन् । जेफले भने, अचानक उक्त संरचना देखिन थाल्यो । यो आकासमा केही समयका लागि मात्रै रह्यो र फेरी गायब भयो । जेकबले भने, केहीले यो युटाहको खम्बा हुन सक्ने र यो त्यही आकारको भएको बताएका छन् ।

युटाह र आइडाहो धेरै दुरीमा छैन र दुबै राज्य जोडिएका छन् । अर्कोले भनेका छन्, यसलाई कसैले तलबाट समातेको जस्तो देखिन्छ । जेकबले आफू धार्मिक नभएकोले धेरै अनुमान गर्न नचाहेको बताए । यो कुनै मौसम बेलुन नभएको उनले दावी गरे । तर केहीले उक्त तस्वीर कुनै परावर्तनको पनि हुन सक्ने अनुमान गरेका छन् ।

यसबीच न्यु मेक्सिकोको अत्यन्त चर्चित कलाकार तथा कला संकलकले युटाह र क्यालिफोर्नियामा देखिएका खम्बा उसले लगाएको दावी गरेका छन् । आफ्नो इन्स्टाग्राम पेजमा तीन तस्विर सेयर गरिएका छन् जसमा दुई उनले बनाएका खम्बाका हुन् र एक क्यालिफोर्नियामा प्राप्त भएको खम्बाको हो । टीएमएफएले खम्बा आफुले लगाएको बताउँदै वेबसाइटमा खम्बा ४५ हजार डलरमा बेच्न लागेको उल्लेख गरेको छ ।