काठमाडौं । पिरो खुर्सानी प्राय धेरै मानिसहरुलाई मन पर्दैन । तर पिरो खुर्सानीका केही गुणकारी फाइदाहरु पनि छन् । सन्तुलित ढंगले खाँदा खुर्सानीले पनि फाइदा गर्ने विज्ञहरुको धारणा छ । यस्ता छन् खुर्सानी खानुका फाईदाहरु :
चिसोबाट बचाउछ – खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउछ । चिसो पेट फुलेको छ भने खुर्सानी राखेका परिकारले शरिरलाई फाईदा गर्छ ।
खाना पचाउन सहयोग गर्छ – विज्ञहरुका अनुसार खुर्सानीले पाचन पक्रियामा पनि सहयोग गर्छ ।त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाईन्छ ।
तौल घटाउछ – खुर्सानीले तौल घटाउन पनि सहयोग गर्ने विज्ञहरु बताउछन् । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको उर्जा छिटो उपयोग गर्ने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।
क्यान्सरसँग लड्ने क्षमता – सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । भारतीयमा प्रोटेस्ट क्यानन्सर तुलनात्मक रुपमा कम हुनु पनि उनीहरुको खुर्सानी खाने आदतसँग जोडिएको छ ।
फ्लुबाट जोगाउछ – खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउछ । पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउने पनि विज्ञहरु बताउछन् ।
कस्ता व्यक्तिले खुर्सानी नखाने ?
हरेक खानेकुराको फाइदाँ र बेफाइदाँ हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिमाणमा खानु हुदैन । आवशयकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन । गर्मी हुने मानिसलाई त खुर्सानी विष समान मानिन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने , शौच गर्न गाहो हुने, पेट पोल्नेलगायतका समस्या हुन्छन् । ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा साबधानी अप्नाउनुपर्छ । पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुदैन । त्यस्तै ज्वरो आउदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न । एजेन्सीको सहयोगमा