२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न



अ+ अ-

जनकपुरधाम । १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।

फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो । आईतवार जनकपुर आइपुगेको परिक्रमा टोली राति जनकपुरधाममै विश्राम गरी आज अन्तरगृह परिक्रमा गरेको हो ।

जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् । साधु सन्त, महन्थ र श्रद्धालुहरू राम–जानकीको डोला लिएर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेका थिए । अन्तरगृह परिक्रमाको दूरी ५ कोष रहेको छ । त्यसैले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भन्ने गरिन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पदयात्रा गरिन्छ ।