![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2022/03/holiterai4_XpwVJ92rL2.png)
काठमाडौं । आज तराई–मधेसका जिल्लाहरूमा रंगहरूको पर्व फागु (होली) हर्षोलासपूर्वक मनाइँदै छ ।
केन्द्र सरकारले आज होलीको अवसरमा तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । पहाडी जिल्लामा हिजो फागु पूर्णिमा मनाईएको थियो तर तराईमा भने आज होली मनाउने चलन रहेको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पूर्णिमाकाे नाम पनि फरक–फरक छ ।
हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।