२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भागरथी भट्टको हत्या : बटुवा खोज्दै प्रहरी



अ+ अ-

बैतडी । बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको टोली घटनास्थलमै छ । तर, हत्याको सुराक नलाग्दा प्रहरी हैरान भएको छ । बैतडीको दोगडा केदार गाउँपालिका–७  की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो । अनुसन्धानका लागि प्रहरीले १० वटाभन्दा बढी टोली गाउँगाउँ परिचालन गरेको छ ।

दोगडा केदार गाउँपालिकाको केन्द्र रहेको खोचलेकदेखि मृतक बालिकाको घर जाने सडकमा त्यस दिन क–कसले यात्रा गरेका थिए त रु यही कुरा पत्ता लगाउन प्रहरी बढी खटिरहेको छ । प्रहरीले खोलचेक बजारदेखि केहीमाथि सिल्ल भन्ने स्थानसम्म भागरथी आएको भनेर देख्ने मान्छे पत्ता लगाइसकेको छ ।

‘उनले चाउचाउ खाँदै बसिरहेकी देख्ने मान्छे फेला परेका छन्,’ मृतकका आफन्त शिवराज भट्टले भने । केही दिनपहिले मृतकको कपाल बाँध्ने रबर सर्टको बटन आदि भेटिएका थिए । मोबाइल लोकेसनको आधारमा उनको हत्या शव भेटिएकै आसपासमा भएको प्रहरीले अनुमान लगाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।