काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले नेतृ रामकुमारी झाँक्री तत्काल रिहा गर्न माग गरेको छ । बिहीबार विहान प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो ।
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर नेतृ झाँकीलाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले जारि विज्ञप्ति भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’
लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन् । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन् ।