२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या, थाना प्रमुख निलम्बित, उच्चस्तरीय जाँच सुरु



अ+ अ-

काठमाडौं । नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ गते भएको घटनामा पूर्वी चम्पारण जिल्लाको पुलिस कार्यालयद्वारा शिकरहना क्षेत्रका डेपुटी सुपरिटेन्डेन्ड अफ पुलिस शिवेन्द्रकुमार अनुभवीको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले बिहीबार घटनास्थलको विशेष जाँचबुझ गरेको छ ।

स्थानीय प्रहरी विवादमा मुसिएपछि भारतको बिहार प्रान्तको राजधानी पटनाबाट अपराध अनुसन्धान विभाग ९सिआइडी० की प्रहरी उपरीक्षक विणा कुमारीको नेतृत्वको बेग्लै टोलीले गत मंगलबार स्थलगत जाँचबुझ गरेको थियो ।

प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसारअहिलेसम्मको अनसन्धानमा बलात्कारपछि हत्या गरिएर बालिकाको शवलाई घटना दबाउने उद्देश्यले स्थानीय थानाप्रमुख सञ्जीव रञ्जनकै संलग्नतामा जलाएर नष्ट गरिएको भन्ने आरोपलाई पुष्टि गर्ने साक्ष्य प्रमाण देखा परेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा अडियो क्लिपमा लास जलाएर नष्ट गर्ने विषय उजागर भएको थियो । त्यसपछि मोतिहारी पुलिस अधीक्षकको कार्यालयका सुपरिटेन्डेन्ट अफ पुलिस नवीनचन्द्र झाले थानाध्यक्षलाई निलम्बन गर्दै जाँचको नियन्त्रण आफ्नो हातमा लिएका थिए । नागरिक दैनिकमा समाचार छ ।