२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निजी क्षेत्रको पिडाः दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य



अ+ अ-

काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् । सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी व्यवसायीसँग चन्दा उठाउन थालेपछि उद्योगी व्यवसायी सकसमा परेका छन् ।

संघीय राजधानी काठमाडौंमा प्रतिस्पर्धात्मक शैलीमा भएका प्रदर्शनमा जिल्लाजिल्लाबाट सहभागी पुर्याउने नाममा चन्दा उठाइएको हो । प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन भएयता राजनीतिक अन्योल बढेर गएको छ । सत्तासीन नेकपाकै प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । ओली समूह समर्थकले प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेका छन् ।

मुख्य औद्योगिक प्रतिष्ठानहरू रहेको वीरगञ्ज–पथलैया कोरिडोरका उद्योग र प्रतिष्ठानका कार्यालयहरूमा सत्तासीन राजनीतिक दलका समूहले प्रतिस्पर्धात्मक रूपमा चन्दा उठाइरहेको एक उद्योगीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–माधव दुवै समूहले उद्यमी व्यवसायीसँग चन्दा मागेका छन् ।

दुवै नेकपाका स्थानीय नेताहरूले आन्दोलनमा सहभागिता जुटाउने नाममा व्यवसायीलाई सहयोगका लागि दबाब दिएका छन् । प्रचण्ड–माधव समूह र ओली समूहले संघीय राजधानीमा गरेको प्रदर्शनमा सहभागिता जुटाउन भन्दै ती समूहका नेताहरूले चन्दा उठाएका हुन् । आर्थिक अभियान दैनिकमा  ओमप्रकाश खनालले लेखेका छन् ।