२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौंमा पुनः देखियो बर्डफ्लु



अ+ अ-

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले उक्त क्षेत्रलगायत देशका अन्य शंकास्पद स्थानमा समेत सघन रूपमा निगरानी गरी परीक्षण गरिरहेको थियो ।

त्यसै क्रममा तारकेश्वर नगरपालिकाकै वडा नं १ मा स्थानीय कृषकले पालेका हाँसको नमूना परीक्षण गर्दा माघ २७ गते पुनः बर्डफ्लु रोग प्रमाणित भएको हो । विभागले बिहीवार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । रोग पुष्टि भएसँगै थप फैलन नदिई नियन्त्रणमा लिन विभागले पशुसेवासँग सम्बद्ध निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको छ । सो क्रममा १४ सय २१ हाँस, ४२ ओटा कुखुरा, २६ ओटा अण्डा, र ८ सय केजी दाना नष्ट गरी उक्त क्षेत्रलाई पूर्णरूपमा निःसंक्रमण गरिएको छ ।

पटकपटक संक्रामक रोग देखापरिरहँदा त्यसको पर्याप्त मात्रामा परीक्षणका लागि प्रयोगशालाको अभाव भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले बताए । उनका अनुसार मन्त्रालयको मातहतमा पूर्णरूपमा चलिरहेका आठओटा प्रयोगशालामध्ये हाल पाँचओटा प्रयोगशाला स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि प्रयोग गरिरहेको छ । बाँकी तीनओटामा मात्रै बर्डफ्लुको नमूना परीक्षणको काम भइरहेको छ । ‘यो हाम्रा लागि अपर्याप्त नै हो । चाँडोभन्दा चाँडो थप प्रयोगशालाको व्यवस्था नभए परीक्षणका लागि समस्या पर्न सक्छ,’ उनले भने । यो समाचार आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।