-रविन्द्र् समिर
काठमाडौं । खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्विटर, कुर्ता, हाइनेकजस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने तथा अप्ठ्यारो गरेर खोप लगाएको देखियो । यस्ता अप्ठ्यारा कपडा लगाउँदा ९० डिग्री गरेर खोप लगाउन गाह्रो हुन्छ र कतिपय अवस्थामा खोप लिक हुनपनि सक्छ ।
त्यस्तै कतिपय व्यक्तिले भित्रि बस्त्र देखिने गरि निकै अप्ठ्यारोसँग खोप लगाएको देखियो । खोप लगाउन जाँदा भित्र हाल्फ टि-सर्ट र बाहिर ज्याकेट लगाएमा ज्याकेट खोलेर तथा हाल्फ टि-सर्टको बाहुला माथि सारेर सजिलोसँग खोप लगाउन सकिन्छ ।
रविन्द्र् समिरद्वारा कोरोना भाइरस विरुद्धको खोप लाउन जादाँ कस्तो पोशाक लगाउँदा उपयुक्त हुन्छ भन्ने बारे टिप्स :
- खोप लगाउन जाँदा नुहाउने, खाना खाने र झोलिलो कुरा प्रशस्त खाएर जानुपर्छ । यसो गर्दा प्रेसर र सुगरको मात्रा कम भएर रिंगटा लाग्ने, वाकवाकी लाग्ने, चक्कर आउने सम्भावना कम हुन्छ ।
- खोप लगाउन जाँदा मानसिकरुपमा कन्भिन्स र तयार भएर जानुपर्छ । शंका र कन्फ्युज भएर खोप लगाउनु हुँदैन ।
- खोप लगाएर आधा घण्टा खोप केन्द्रमा बसेपछि त्यो दिन आराम गर्ने, झोलिलो खाना खाने तथा धपेडी नगर्नु उपयुक्त हुन्छ ।
- खोप लगाएपछि सकभर २ महिना मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ ।