२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालका लागि इजरायली राजदुतले भेटे मृतक आनन्द साहको परिवार



अ+ अ-

काठमाडौँ । गत असोजमा ईजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग ईजरायली राजदुत हनान गोदरले भेटघाट गर्नुभएको छ ।

नेपालका लागि ईजराइली राजदुत हनान गोदरले आनन्द साहको परिवारसँग सोमवार भेटघाट गर्नुभएको हो । ईजरायलमा मारिएको धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा नं. ४ सपहीका २२ वर्षीय आनन्द साहको घर पुग्नुभएका ईजराइली राजदुत हनान गोदरले उहाँको परिवारको पीडा र रोदन देखेर आफ्नो मन पनि सम्हाल्न नसकेको बताउनु भयो । उहाँले परिवारजनलाई आफूलाई सम्हाल्न आग्रह गर्नुभयो ।

आनन्दको परिवारलाई एक्लो महशुस नगर्न आग्रह गर्दै उहाँले नेपाली सरकार र सञ्चारमाध्यमहरुले घटनाको विषयमा गरेको हमासको निन्दाका लागि धन्यवाद दिनुभयो । घटना भएको २७ दिन मात्र अगाडि गत भदौ २५ गते ४९ जना नेपाली युवा विद्यार्थीहरुको समूह कृषिमा स्नातकोतर अध्ययन गर्नका लागि इजरायल पुगेका थिए ।