६ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भयो : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा गंगा कार्की विश्वको “दुसाध्य जनयुद्ध” पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताउनुभएको हो । उहाँले ठूलो बलिदानी पछि प्राप्त उपलब्धी संकटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने बताउनुभयो ।

माक्र्सवादलाई धर्मशास्त्र जस्तो बनाईएका कारण विश्व कम्युनिष्ट आन्दोलनले ठुलो क्षति बेहोरेको आफ्नो ठम्याईरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफुहरुको जित नहुने बताउनुभयो । पेरु, श्रींलका लगायतका देशहरुको जस्तो युद्ध नहोस् भनि क्षेत्रिय, राष्ट्रिय, अन्र्तराष्ट्रिय र पार्टी भित्रको परिस्थिति अध्ययन गरी जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको स्मरण पनि उहाँले गर्नुभयो । जनयुद्ध शान्तिमा रुपान्तरण हुदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र मा आईपुगेको भन्दै उहाँले सोही उपलब्धि माथि भएको प्रहार विरुद्ध एकजुट हुन सबैलाई आव्हान गर्नुभयो ।