२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कर्मचारीमाथि हातपात गर्ने जनप्रतिनिधि पक्राउ



अ+ अ-

डडेल्धुरा । डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका छन् ।

बिहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरेका छन् ।

तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । कार्यपालिका सदस्यहरुले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका हुन् । माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

बिहीबारको बैठकमा पनि उनीहरुले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । जनप्रतिनिधिका आक्रमणमा परी हाकिमको टाउको गम्भीर चोट लागेको छ ।

जोशीको टाउकोमा तीन वटा टाका लागेको छ । घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् । रासस