२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो



अ+ अ-

गुलरिया । भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए। ‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फोन वार्ताको अडियो बाहिरिएपछि घटना भाइरल भयो’, उनले भने, ‘भारतीय मिडियाले पनि बलात्कारको घटना भन्दै महत्त्व दिएका छन्।’

नेपालबाट आमा आएपछि शव जलाउने भन्दा पनि घरबेटीलगायतले नमानेको आफन्त कर्णबहादुर सोनीले सुनाए। बालिकाको शव जलाएपछि त्रासका कारण नेपाल फर्किएका सोनीले भने, ‘उल्टै घरबेटीले अर्को दिन कोठा खाली गराए। खाली कागजमा मृत्युबारे हस्ताक्षर गराएर शव जलाउन लगाए। पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो।’

बर्दियाको बारबर्दिया नगरपालिका–३ खुरखुरे फाँटाकी सुमित्रा विहार राज्यअन्तर्गत मोतीहारीको चैनपुरमा माघ ८ गते मृत फेला परेकी थिइन्। ‘घटना रहस्यमय देखिन्छ। चुकुल लगाएको कोठाभित्र मृत भेटिएको थियो। खुट्टाको एकतिरको लुगा खोलिएको अवस्थामा थियो’, दिदी लक्ष्मीदेवी विकले भनिन्, ‘घाँटीमा नीलडाम देखिएको र छिटो–छिटो शव जलाउन स्थानीयले दिएको दबाबबाट पनि घटना गराएको प्रस्टिन्छ।’ घटनापछि आमाबुवालाई धम्की दिइएको उनले बताइन्। अन्नपूर्णपोष्ट दैनिकमा यादव आचार्यले लेखेका छन् ।