२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भागरथी हत्या प्रकरणः अपराधी भूगोलबारेमा जानकार



अ+ अ-

बैतडी । दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथ भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न नसकेको हो ।

माघ २१ गते हराएकी भागरथीको शव भोलिपल्ट साँझ ५ बजे फेला परेको थियो । माघ २३ गते तालिम प्राप्त कुकुरले शव भएको स्थानभन्दा करिब २५ मिटर पूर्व भागरथीको मोबाइल, ब्याट्री र कभर अलगअलग गरेर फालेको अवस्थामा भेटेको थियो ।

कुकुर अझै सय मिटरअघि कच्ची बाटोसम्मै पुगेको थियो । ‘भागरथीलाई घिसार्दै घटनास्थलमा ल्याएको ठाउँबाटै कच्ची बाटो नगएर अपराधी सामुदायिक वनको झाडी भएर कच्ची बाटो पुग्नुले उसमा भूगोलको राम्रो जानकारी देखिन्छ,’ स्थानीइ बलदेव भट्टको भनाइ छ । हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन जटिल भएको छ । नागरिक दैनिकमा समाचार छ ।