२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रेशम र मेरो पार्टीगत रुपमा विचार मिलेन, परिवार फुट्दैनः रञ्जिता श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रुपमा विचार नमिलेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान रेशम चौधरीसँग पार्टीगत रुपमा विचार नमिलेको बताउनुभएको हो । उहाँले आफू मन्त्रि बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको बताउनु भयो । उहाँले रेशम चौधरीलाई महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि निर्वाचन आयोगले नमानेको भन्दै सो कुरा रेशम आफूले पनि स्वीकार गरिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मन्त्री खानको लागि विश्वासको मत दिएको भए त मन्त्री भइसकेपछि विश्वासको मत दिन्थेँ होला नि । मन्त्रि हुनुभन्दा अगाडी नै दिएको छु । मन्त्री पाउनका लागि विश्वासको मत दिएको होइन । पार्टी छुट्टै कुरा हो । परिवार छुट्टै कुरा हो । परिवारमा हाम्रो त्यस्तो केही पनि छैन । पार्टीगत रुपमा एकै विचारको व्यक्ति मात्र हुँदैन । विभिन्न विचारका व्यक्तिहरु हाम्रो पार्टीमा जोडिनु भएको छ र आफ्नो विचार राख्दाखेरी फरक फरक मत आउनु स्वभाविक नै हो । रेशम पार्टीको संस्थापक र जन्मदाता हुनुहुन्छ । पार्टीको महाधिवेशन गरेर उहाँलाई सर्वसम्मत् रुपमा अध्यक्ष स्वीकारेको पनि हो । त्यसपश्चात जुन निर्वाचन आयोगले आफ्नो निर्णय दिनुभयो । त्यसमा पनि रेशमजीले स्वीकारिसक्नु भएको छ । किनभने विधि, विधान कानुनभन्दा माथि कोहीपनि हुँदैन । रेशमजीले कानुनलाई स्वीकार गरेर जुन निर्वाचन आयोगले जुन अस्वीकार गरेको । परिवार फुट्दैन । म आफु सँगै छु नि स्टाटस लेख्दा । पार्टीगत रुपमा हाम्रो मत फरक हो ।’

उहाँले राजनीतिक कारणले आफ्नो परिवारमा कुनै समस्या पैदा नहुने बताउनु भयो ।