१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लाफिङ बुद्धको मूर्ति गलत दिशामा राख्दा हुन्छ यस्तो नोक्सानी, हेर्नुहोस्



अ+ अ-

एजेन्सी। घरमा खुसी र शान्ति कायम रहोस् भन्दै धेरै मानिस फेंगसुई वा वास्तु टिप्सको अनुशरण गर्छन् । यदि तपाई फेंगसुई टिप्स अनुशरण गर्नुहुन्छ भने एक्वेरियम साथ फेंगसुईमा लाफिङ बुद्धको मूर्ति महत्वपूर्ण हुन्छ । जसरी एक्वेरियममा सही दिशा र माछाको संख्याको मूल्य हुन्छ, त्यसैगरी लाफिङ बुद्धकधो मूर्ति राख्ने पनि नियम हुन्छ ।

हाँसिरहेको लाफिङ बुद्ध : लाफिङ बुद्धको घरको मूलगेटमा राख्नुपर्छ ताकि घरमा प्रवेश गर्ने व्यक्तिको नजर त्यसमा परोस् । यो मूर्तिलाई साढे दुईदेखि तीन फिटको स्टुलमा राख्नुपर्छ । हाँसिरकेको मूर्ति राख्नाले घरमा खुसी र समृद्धि रहन्छ ।

थैला लिएको लाफिङ बुद्ध : धन प्राप्तिका लागि हातमा थैला लिएको लाफिङ बुद्ध पसल र अफिसको मूलेगटमा राख्नुपर्छ । यसो गर्दा थैला खाली हुनु हुँदैन, त्यसमा राख्ने पैसामा ध्यान दिनुपर्छ ।

धातुबाट बनेको लाफिङ बुद्ध : अधिकांश लाफिङ बुद्धको मूर्ति माटोबाट बनेको हुन्छ । तर, धातुबाट बनेको लाफिङ बुद्धले अलग प्रभाव दिन्छ । यदि तपाई निर्णय क्षमतामा कमजोर हुुनुहुन्छ भने धातुले बनेको लाफिङ बुद्ध घर या अफिसमा अनिवार्य राख्नुहोस्, त्यसले तपाईको निर्णय क्षमता बढाउँछ ।

ड्रागनमाथि बसेको लाफिङ बुद्ध : घरमा गलत तरिकाको हेराइबाट बचाउन चाहने हो भने ड्रागनमाथि बसेको लाफिङ बुद्ध राख्नुहोस् । यसलाई दिव्य शक्तिको स्वामी मानिन्छ ।

बच्चाका साथ बसेको लाफिङ बुद्ध : यदि तपाई लामो समयदेखि बच्चाको चाहनामा हुनुहुन्छ, सन्तान भएन भनेर भौतारिरहेको हुनुहुन्छ भने बच्चाका साथमा बसेको लाफिङ बुद्धको मूर्ति घरमा राख्नुहोस् । यसो गर्नाले सन्तान प्राप्ति हुन्छ । यो मूर्ति अफिसमा पनि शुभ मानिन्छ ।

यदि घरमा सधैं झगडा भइरहन्छ, पारिवारिक सम्बन्धमा दरार या खटपट भइरहेको छ भने विन्दास प्रकारका लाफिङ बुद्ध राख्ने गर्नोस् । ताकि घरको माहोल शान्तिपूर्ण रहोस् ।

लाफिङ बुद्ध राख्दा ध्यान दिनुपर्ने कुरा: 

– धातुले बनेको लाफिङ बुद्ध सधैं उच्चस्थानमा राख्नुहोस्
– जमिनमा लाफिङ बुद्ध नराख्नुहोस् 
– लाफिङ बुद्ध पवित्र स्थानमा राख्नुहोस्
– बाथरुम, डाइनिङ टेबुल, बेडरुम या रसोइघरमा लाफिङ बुद्ध नराख्नुहोस्