२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देशभित्र एक सय मेगावाटभन्दा बढी बिजुली खेर, भारतबाट दैनिक ५ सय मेगावाट आयात



अ+ अ-

काठमाडौं । २५ मेगावाट सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो । आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन। यस्तो समसया सिंगटी आयोजनाको मात्र होइन, मुलुकमा एक सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुगेका आयोजना पनि प्रसारण लाइनको पहुँदा नपुग्दा उत्पादन नगरी बसेका छन् ।

मुलुकमा भने भारतबाट दैनिक ५ सय मेगावाट बिजुली आयात भइरहेको छ । प्रसारण लाइन नपुग्दा सिंगटी जलविद्युत आयोजनाले एक वर्षको अवधिमा ७० करोड रुपैयाँभन्दा बढी नोक्सानी ब्यहोर्नु परेको छ । असारमै परीक्षण प्रशारण गरेको यो आयोजना सबैभन्दा नोक्सान बेहोर्नेमा देखिएको छ ।

जलविद्युत आयोजनाका कार्यकारी निर्देशक गणेश कार्कीले समयमै प्राधिकरणले प्रसारण लाइन निर्माण नगर्दा जलविद्युत् क्षेत्रमा लगानी गरेको निजी व्यवसायी धराशयी हुने अवस्थामा पुगेको बताए ।नागरिक दैनिकमा समाचार छ ।