१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आजैदेखि बढ्यो बिरामी जाँच्दा डाक्टरले लिने शुल्क, नयाँ शुल्क कती ?



अ+ अ-

काठमाडौं । आजबार अस्पतालमा डाक्टरको ओपिडी (बिहिरंग) शुल्क बढेको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) ले आज बसेको बैठकबाट डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो। 

चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी बैठकले निर्णय गरेको छ। नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन्। एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन्।

त्यसैगरी एमडीरएमएस र एमडिएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन्। डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन्। यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडीरएमएस र एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन्।

डाक्टरको परामर्श शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको हो। उक्त समयमा हरेक २/२ वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएको थियो। तर त्यस यता शुल्क पुनरावलोकन भएको छैन। सो समयमा मेडिकल अफिसर अर्थात एमबिबिएस बिडिएस डाक्टरको शुल्क २५० र कन्सल्टेन्टको शुल्क ४५० रुपैयाँ तोकिएको थियो। 

दुवै संस्थाले संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको उल्लेख गरिएको छ। उक्त शुल्क आजैको मितिदेखि लागु हुने भएको छ ।